सुरक्षास्थितिको मूल्यांकन गर्न सेनाको निर्देशन

डिसी नेपाल
४ वैशाख २०७९ २०:२८

काठमाडौं । नेपाली सेनाले सुरक्षास्थितिको निरन्तर मूल्यांकन गर्न मातहत निकायलाई निर्देशन दिएको छ। सैनिक जंगी अड्डामा आयोजित एक कार्यक्रममा चार वटै कमाण्ड प्रमुखहरुलाई सो निर्देशन दिइएको हो।

सैनिक मूख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नको लागि नेपाली सेनाका विभागीय प्रमुखहरुलाई निर्देशन दिएको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ।

प्रधानसेनापति शर्माले वैशाख ३० मा हुने ‘स्थानीय तह निर्वाचन–२०७९’ स्वतन्त्र, निष्पक्ष, विश्वासनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सेनालाई प्राप्त जिम्मेवारी उचित ढंगले वहन गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको हो । निर्देशनालयका अनुसार प्रधानसेनापति शर्माले चार बुँदे निर्देशन दिएका छन्।

शर्माले आ–आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसाग असरदार रुपमा समन्वय गरी कार्य गर्ने, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्ने र नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्देशन जारी गरेका हुन्।

विज्ञप्ती अनुसार प्रधानसेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकिकृत सुरक्षा योजना–२०७८’ मा उल्लेखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरशः पालना गर्न समेत निर्देशन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *