राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

डिसी नेपाल
४ वैशाख २०७९ २३:०२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गरेकी छन्।

राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गरेकी हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस क्षेत्रको विकास र समृद्धिका लागि बोर्डबाट भएका कामको प्रशंसा गरिन्।

विसं २०७६\२०७७ को दीर्घ साधना सम्मानबाट क्रमशः अभिनेत्री भुवन थापा र सङ्गीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए। उनीहरूलाई नगद तीन लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो।

परस्कृततर्फ उत्कृष्ट छायाङ्कन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाईं, ‘कबड्डी कबड्डी कबड्डी’ बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड पाएका थिए। आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ लाई पुरस्कृत गरियो।

प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अङ्कित शर्मालाई प्राप्त भएको थियो। विसं २०७६ मा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले तथा २०७७ सालको विशेष फिल्म ‘सरिता’ बनेको बोर्डका अध्यक्ष दयाराम दाहालले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *