एमाले सचिवालय बैठक बस्दै

डिसी नेपाल
५ वैशाख २०७९ ७:२६

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको छ। स्थानीय तह निर्वाचनको घोषणापत्र लगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ। बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *