अमेरिकाका लागि नवनियुक्त राजदूतसँग बानाको भेटघाट तथा शुभकामना कार्यक्रम

डिसी नेपाल
८ वैशाख २०७९ ८:०९

अमेरिका। बाल्टिमाेर एशाेसिएसन अफ नेप्लीज इन अमेरिका (बाना)  को एक टोलीले अमेरिकाका लागि नव नियुक्त राजदूत प्रा. श्रीधर खत्रीसंँग भेटघाट गरेको छ। डिसीस्थित राजदूताबासमा भएको भेटघाटमा नव नियुक्त राजदुतलाई स्वागत गर्नुका साथै नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान समेत गरिएको थियो।

भेटघाट कार्यक्रममा बिगतका दिनमा बान र नेपाली दूतावासबीचको सहकार्यमा बिभिन्न गतिबिधिहरुको बारेमा समेत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै राजदुत प्रा. श्रीधर खत्रीले तीन लाख भन्दा बढ़ी नेपाली समुदाय बसोबास गर्ने अमेरिकामा नेपाली समुदायले गरेको सामाजिक सेवाका गतिबिधि नेपाल सम्म पुग्नु पर्ने बताए।

बानाका अध्यक्ष सुबोध बिलास पन्तले राजदूताबास अमेरिकाकाको लागि हाम्रो घर भएको र हामी यहाँ बस्ने एक परिवार भएको अनुभूति भएको बताए। उनले बिगतमा दिनमा जस्तै राजदूतावाससँगको सहकार्य र सहयोग अबका दिनमा पनि रहने बिश्वास व्यक्त गरे।

कार्यक्रममा बानाका पूर्वअध्यक्ष बिजय श्रेष्ठ, बानाका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष लक्ष्मि भारती, उपाध्यक्ष भिम केसी, महासचिव सागर घिमिरे, कोषाध्यक्ष रिचा शाह, सदस्य श्याम कोइराला तथा बानाका आजिवन सदस्यहरु सुरज अधिकारी, निर बहादुर थापा, संजोक कार्की, ब्रिजेस महर्जन लगायतले शुभकामना आदान प्रदान गरेका थिए। बानाको नव निर्वाचित टिमलाई कार्यभार हस्तान्तरण तथा १७औ बार्षिक साधारण सभा आउदो अप्रिल २४ तारिक आईतबारका दिन हुने बानाका नवनिर्वाचित महासचिव सागर घिमिरेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *