एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीसँग उपाध्यक्ष र कोषाध्यक्षले मागे स्पष्टीकरण (पत्रसहित)

डिसी नेपाल
८ वैशाख २०७९ २३:२५

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघको ग्लोवल सम्मेलनका नाममा नेपालमा दुई गुटका छुट्टा छुट्टै नेतृत्व चयन गरेर देखाएको रमिता सकिएको केही दिनमै गैर आवासीय नेपाली संघ, अमेरिकामा उपाध्यक्ष र कोषाध्यक्षले अध्यक्ष बुद्धि सुवेदीसँग स्पष्टीकरण माग गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले कार्यसमितिको म्याण्डेटविपरीत काम गरेको भन्दै उपाध्यक्ष गोपेन्द्र भट्टराई र कोषाध्यक्ष राजीव श्रेष्ठले लिखितरुपमै प्रष्टिकरण माग गरेका हुन् ।

डिसी नेपाललाई प्राप्त उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले पठाएको पत्रमा प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको दशौं ग्लोबल सम्मेलनमा शुरुमा सहभागी भएर फेरि त्यहाँबाट वेपत्ता भई अर्को समूहको सम्मेलनमा भाग लिन पुगेको र भागवण्डाको नेतृत्व चयमा भाग लिएर विगतका अडानविपरीत काम गरेकोमा स्पष्टिकरण माग गरिएको छ ।

अध्यक्ष सुवेदीले प्रमुख संरक्षक घलेले नेतृत्व गरेको समूह र सो समूहले उठाएका विषयहरुमा सहमती जनाउँदै ती विषयहरु अघि बढाउन नेतृत्वसमेत गरेर नेपाल गएको तर नेपाल पुगेपछि अचानक ती मुद्धाहरु छाडेर कुमार पन्तले आयोजना गरेको सम्मेलनमा भाग लिन पुगेकोमा उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले आश्चर्य प्रकट पनि गरेका छन् ।

संसारभरका ५० वटा बढी देशका एनआरएन एनसीसीहरुको नेतृत्व गर्दै डेलिगेट चयन लगायतका मुद्धाहरुमा अडान राखेकै अवस्थामा सुवेदीले ती सबै मुद्धाहरु विचल्ली बनाएर पदीय बांडफांडमा अर्को समूहमा लागेको विषयलाई दुबै नेताहरुले नैतिक प्रश्न पनि उठाएका छन् ।

हेर्नुहोस् दुबैले लेखेको पत्र


उनीहरुले अध्यक्ष सुबेदीले अमेरिकाको बोर्डलाई एउटा कुरा भनेर नेपाल गई अर्कै काम गरेकोबारे बोर्डलाई स्पष्ट पार्नुपर्ने कुरा पत्रमा उल्लेख गरेका छन् । अध्यक्ष सुवेदीमाथि अस्वाभाविक व्यवहार देखाएको आरोप पनि लगाइएको छ ।

दुवै नेताले पठाएको स्पष्टीकरण पत्रबारे कार्यसमितिको बैठकमा छलफल हुनुपर्ने माग गरिएको थियो । दुवै नेताले अध्यक्ष सुवेदीसंग माग गरेको स्पष्टीकरण पत्र कार्यसमितिका सबै सदस्यहरुलाई छलफलका लागि पठाएका छन् । कोषाध्यक्ष श्रेष्ठले लेखेको पत्र भने उपाध्यक्ष भट्टराईले लेखेको प्रतिक्रियास्वरुप लेखिएको पाइएको छ ।

उनीहरु मागवामोजिम गत आइतवार कार्यसमितिको बैठकमा यो विषयमा छलफलसमेत भएको थियो । छलफलका क्रममा अधिकांश सदस्यहरुले उपाध्यक्ष भट्टराई र कोषाध्यक्ष श्रेष्ठले उठाएका विषयमा सहमती जनाएका थिए ।

तीनजनावाहेक अरुले आफ्नो विरोध गरेपछि अध्यक्ष सुवेदीले एनआरएनएलाई फुटबाट जोगाउन संस्थाको हितका लागि आफूले त्यस्तो काम गरेको प्रतिक्रिया दिएर बैठकको समापन गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *