रूस-युक्रेन युद्ध ‘अहम मोडमा’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँगको युक्रेनको युद्धलाई ‘अहम मोडमा रहेको’ भनेका छन् । योसँगै अमेरिकाले युक्रेनलाई थप हतियार पठाएको छ ।
युक्रेनको पछिल्लो ८० करोड डलरको प्याकेजमा “दर्जनौं” लामो दुरीका होविट्जर र करिब १५ लाख राउण्ड गोलाबारुद समावेश छ। योसँगै पूर्वी युक्रेनको समतल क्षेत्रमा प्रयोग गर्नका लागि रणनीतिक ड्रोन पनि दिइएको छ ।
युक्रेनमा पठाइएका अन्य हतियारहरूमा स्विचब्लेड ड्रोनहरू पनि समावेश छन्। यी ड्रोनको विशेषता भनेको बम प्रहार गर्नुका साथै विमानलाई पनि निशाना बनाउन सकिन्छ ।
रुससँग युक्रेनको युद्ध सुरु भएदेखि अहिलेसम्म कुल ३० करोड डलर सैन्य सहायता दिइएको बताइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयले बिहीबार युक्रेनलाई “भूत ड्रोन” पनि उपलब्ध गराउने बताएको छ। यस सम्बन्धमा अमेरिकी वायुसेनाले युक्रेनको आवश्यकतालाई मध्यनजर गर्दै तीव्र गतिमा तयार गरेको एक अधिकारीले बताए ।
यद्यपी यो ड्रोनको फिचरको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।







डिसी नेपाल







Facebook Comment