मस्जिदमा विस्फोट हुँदा ३६ जनाको मृत्यु
काठमाडौं । उत्तरी अफगानिस्तानको कुन्दुज सहरमा रहेको मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै कैयौं उपासकहरू घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्।
बीबीसी संवाददाता सिकन्दर किरमानी भन्छन् – विस्फोट हुँदा कुन्दुजको यो मस्जिदमा सुफी धर्मका मानिसहरू भेला भएका थिए।
विष्फोटको पछाडि कसको हात रहेको भन्ने अझै खुल्न सकेको छैन । तर, यसको पछाडि आफूलाई इस्लामिक स्टेट भनिने चरमपन्थी संगठनको हात हुनसक्ने अनुमान गरिएको छ ।
समाचार अनुसार राजधानी काबुलमा पनि विस्फोट भएको छ । यो पछिल्लो विस्फोट एक दिन अघि कुन्दुज र मजार-ए-शरीफ सहरहरूमा पनि विस्फोट भएको बेला भएको हो।
मजार–ए–शरीफ सहरमा रहेको शिया मस्जिदमा विस्फोट भएको छ । बिहीबार भएका यी दुवै विस्फोटमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । इस्लामिक स्टेटले यी विस्फोटको जिम्मेवारी लिएको थियो ।







डिसी नेपाल







Facebook Comment