इरानको रिभोल्युशनरी गार्डस कर्प्सका शीर्ष कमाण्डरको हत्या प्रयास ! बडीगार्ड मारिए
काठमाडौं । केही आक्रमणकारीहरूले इरानको रिभोलुसनरी गार्ड्स कर्प्सका वरिष्ठ कमाण्डरको गाडीमा गोली हानेको इरानको सरकारी मिडियाका रिपोर्टहरूले दाबी गरेका छन् ।
यस हमलामा कमाण्डर भने जोगिए तर उनका एक अंगरक्षकको मृत्यु भयो। मेहर न्युज एजेन्सीका अनुसार जनरल हुसेन अलमासीको स्वास्थ्य पूर्णरुपमा ठीक रहेको छ ।
समाचार एजेन्सी एपीका अनुसार सरकारी समाचार एजेन्सी इर्नाले ब्रिगेडियर जनरल हुसेन अलमासी हमलाबाट सकुशल बाँचेको बताएको छ। हमला शनिबार दक्षिणपूर्वी प्रान्त सिस्तान-बलुचिस्तानमा भएको थियो।
हालसम्म चार संदिग्धलाई नियन्त्रणमा लिइएको एजेन्सीले जनाएको छ । आक्रमणमा मारिएका कमाण्डरका अंगरक्षकको नाम सेकेन्ड लेफ्टिनेन्ट महमूद अब्सलान रहेको बताइएको छ ।
अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सिस्तान-बलुचिस्तान प्रान्त लागूऔषध तस्करहरूको गिरोहका लागि कुख्यात छ। सुन्नी इस्लामिक कट्टरपन्थी र शिया अधिकारीहरू बीच बारम्बार झडपहरू भइरहेका छन्।
यसअघि २०२० को जनवरीमा अमेरिकाको आक्रमणमा रिभोल्युशनरी गार्डस कर्प्सका जनरल कासिम सुलेमानी मारिएका थिए । जनरल सुलेमानी त्यतीबेला रिभोल्युशनरी गार्डस कर्प्सका बहालवाला प्रमुख थिए । इराकको राजधानी बगदादको विमानस्थलमा अमेरिकाले ड्रोन आक्रमण गरेर जनरल सुलेमानीलाई मारेको थियो ।







डिसी नेपाल







Facebook Comment