जापानमा पर्यटकहरूले भरिएको जहाज समुद्रमा बेपत्ता
काठमाडौं । जापानको कोस्ट गार्डले उत्तरी जापानी टापु हक्काइडोमा पर्यटकले भरिएको डुङ्गा बेपत्ता भएको जनाएको छ ।
उक्त डुङ्गामा २६ जना सवार रहेको र स्थानीय समय अनुसार बिहान १ः१५ बजे प्रशासनलाई सम्पर्क गरेको थियो । त्यतिबेला डुंगाबाट आकस्मिक कल गरेर डुंगामा पानी भरिएको जानकारी दिइएको थियो ।
त्यसपछि चारजना फेला परेका छन् जसको उपचार भइरहेको छ । काजुओ १ नामक डुङ्गाले पर्यटकलाई शिरेटोको प्रायद्वीप घुम्न लिएर गइरहेको थियो ।
यो ठाउँ युनेस्को विश्व सम्पदा स्थलहरूमा समावेश छ। यस डुङ्गा यात्राको क्रममा पर्यटकहरूले समुद्रमा ह्वेल, समुद्री सिंह र किनारमा खैरो भालुहरू हेर्न पाउँछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment