रूसले सीमामा इस्कन्दर मिसाइल तैनाथ गर्यो, ट्याक्टिकल परमाणु मिसाइलका कारण त्रास
काठमाडौं । रुस–युक्रेन युद्ध भएको २ महिना बितिसकेको छ । दुवै देश झुक्न तयार छैनन् । यसैबीच युक्रेनले रुसले बेल्गोरोड नजिकै इस्कन्दर मिसाइल प्रणाली तैनाथ गरेको दाबी गरेको छ । यो रुसी प्रणाली छोटो दूरीको ब्यालेस्टिक मिसाइलले सुसज्जित छ।
रिपोर्टका अनुसार यो मिसाइल प्रणालीबाट रुसले युक्रेनमा आणविक हमला गर्न सक्ने सम्भावना छ । जानकारीका अनुसार यो क्षेप्यास्त्रले ४८० देखि ७०० किलोग्रामसम्मको परमाणु र गैर परमाणु वारहेड बोक्न सक्छ । युक्रेनी सेनाले रूसी सेनाले डोनेस्कमा आक्रमण गरिरहेको बताएको छ। यहाँ क्षेप्यास्त्र, रकेट, मोर्टारले आक्रमण गरिरहेका छन् । यसका अलावा ओडेसा सहरमा रुसको मिसाइल आक्रमणमा ३ महिनाकी बालिकासहित ८ जना सर्वसाधारणको मृत्यु भएको छ ।
अमेरिकाले रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोइन ब्लिन्केन आज अर्थात आइतबार कीभ जाने जनाएको छ । उनीहरूले यहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्नेछन् । युक्रेनले खेरसनमा रहेको रुसी कमाण्ड पोस्ट ध्वस्त गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको गुप्तचर एजेन्सीले एक विज्ञप्तिमा आक्रमणको समयमा रुसी पोस्टमा दुई शीर्ष रुसी अधिकारीहरू उपस्थित रहेको बताएको छ । यद्यपी उनीहरुको मृत्युको पुष्टि भएको छैन ।
रुसको रक्षा मन्त्रालयले युक्रेनको खार्किभमा आफ्नो सेनाले सु-२५ लडाकु विमान खसालेको जनाएको छ। यसबाहेक तीन एमआई–८ हेलिकप्टर पनि नष्ट भएका छन् । जेलेन्स्कीले इस्तानबुलमा हुने वार्ता पुटिनमा निर्भर रहेको बताएका छन् । ‘युक्रेन शान्ति वार्ताका लागि पूर्ण रूपमा तयार छ, तर शर्तसहित होइन। हामी सम्पूर्ण मामिलामा नजर राखिरहेका छौं’ उनले भने ।
रुस–युक्रेनमा शान्ति वार्ताको दाबीबीच टर्कीले ठूलो कारबाही गरेको छ । टर्कीका विदेशमन्त्रीले रुसका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको बताएका छन् । उनले रुसी विमान अब सिरिया जान नपाउने बताए । यसअघि शनिबार टर्कीका राष्ट्रपतिले रुस र युक्रेनबीचको युद्ध ४८ घण्टाभित्र अन्त्य हुने दाबी गरेका थिए । उनले दुई देशका राष्ट्रपतिबीच इस्तानबुलमा हुनसक्ने भेटवार्ताका बारेमा पनि जानकारी दिए ।
भ्रमणलाई लिएर आक्रोशित युक्रेनका राष्ट्रपति जेलेन्स्कीले राष्ट्रसंघ प्रमुखको मस्को भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । जेलेन्स्कीले पहिले मस्को र त्यसपछि कीभ जानु गलत भएको बताए । उनले मस्कोका सडकमा कुनै पनि शव छरिएका नरहेको बताए । त्यसैले उनी त्यहाँ जानुअघि युक्रेन आउनुपर्थ्यो’ जेलेन्स्कीले भने ।







डिसी नेपाल







Facebook Comment