जापानमा पर्यटक डुङ्गा डुब्यो, २६ जना सवार थिए, १० जनाको मृत्यु भएको पुष्टि
काठमाडौं । जापानमा २६ यात्रु बोकेको डुङ्गा डुब्दा हालसम्म १० जनाको मृत्यु भएको कोस्ट गार्डले पुष्टि गरेको छ । मृत्यु हुनेमा सात पुरुष र तीन महिला रहेका छन् । डुङ्गा शनिबार उत्तरी जापानी टापु हक्काइडोमा बेपत्ता भएको थियो ।
उक्त डुङ्गामा २ बालबालिकासहित २४ यात्रु र २ चालक दलका सदस्य सवार थिए । स्थानीय समय अनुसार बिहान १ः१५ बजे डुङ्गाको तर्फबाट प्रशासनलाई आपतकालीन सम्पर्क गरी डुङ्गामा पानी भरिएको जानकारी दिइएको थियो ।
प्रशासनका तर्फबाट विमान र पेट्रोल डुङ्गामार्फत डुङ्गाको खोजी भइरहेको छ । खोजी टोलीमा तीनवटा हवाइजहाज, चारवटा हेलिकप्टरको प्रयोग भइरहेको छ ।
काजु १ नामक यो डुङ्गाले पर्यटकलाई शिरेटोको प्रायद्वीप घुम्न लैजाने गरेको थियो । यो ठाउँ युनेस्को विश्व सम्पदा स्थलहरूमा समावेश छ।
यस डुङ्गा यात्राको क्रममा पर्यटकहरूले समुद्रमा ह्वेल, समुद्री सिंह र किनारमा खैरो भालुहरू हेर्न पाउँछन्।







डिसी नेपाल







Facebook Comment