म्याक्रोँ पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन

डिसी नेपाल
१२ वैशाख २०७९ ९:०७
912
Shares

पेरिस। इम्यानुएल म्याक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि राजधानी पेरिसमा प्रदर्शनहरू सुरु भएका छन्। असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ।

मध्यपेरिसमा प्रदर्शनकारीहरूमाथि दंगा पुलिसले लाठी प्रहार गरेको र अश्रुग्यास छर्केको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।

म्याक्रोँले अति दक्षिणपन्थी नेता मारिन ली पेनलाई पराजित गर्दै दोस्रो पाँच वर्षे कार्यकालका लागि विजयी भएका थिए। उनको पुनः विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ। तर कतिपय भने पछिल्लो परिणामबाट आक्रोशित बनेका छन्।

म्याक्रोँले सहज मतान्तरले जिते पनि दुबै उम्मेदवारप्रति मतदाताको तीब्र असन्तुष्टि थियो। दुबै उम्मेदवारप्रति असन्तुट जनाउँदै पहिलो चरणको मतदान र आइतवार दोस्रो चरणको निर्वाचन भइरहँदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्वविद्यालयबाहिर विरोध प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *