तालिबानले पाकिस्तानलाई चेतावनी दियो
काठमाडौं । आइतबार अफगानिस्तानका कार्यवाहक रक्षामन्त्रीले पाकिस्तानलाई इशारामा फेरि चेतावनी दिएका छन् । उनले तालिबान प्रशासनले आफ्ना छिमेकी देशहरूबाट हुने “आक्रमण” सहन नसक्ने बताए।
पाकिस्तानले अफगानिस्तानमा बम विष्फोट गराएको आरोप लगाउँदै तालिवानले केही दिनअघि विरोध गरेको बेला यो बयान आएको हो । तालिवान प्रशासनले पाकिस्तानले अफगानिस्तानको कुनार र खोस्त प्रान्तमा बमबारी गरेको र दर्जनौं मानिस मारिएको दाबी गरेको छ।
अफगानिस्तानका कार्यवाहक रक्षा मन्त्री मुल्ला मोहम्मद याकुबले काबुलमा आयोजित एक कार्यक्रममा भने, “हामीले विश्व र छिमेकी राष्ट्रहरूबाट चुनौती र समस्याको सामना गरिरहेका छौं, यसको स्पष्ट उदाहरण कुनारमा उनीहरूको आक्रमण हो।”
उनले भने, “यस्ता आक्रमण हामी सहन सक्दैनौं। हामीले राष्ट्रिय हितलाई ध्यानमा राखेर यस पटक हमला सह्यौं, अर्को पटक सहन नसक्ने हुन सक्छ।”
समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्तालाई याकुबको भनाइबारे सोध्दा उनले भने, “पाकिस्तान र अफगानिस्तान दुवै मित्र राष्ट्र हुन्, त्यसैले यो खतरासँग जुध्न दुवै देशले मिलेर काम गर्नु जरुरी छ।”







डिसी नेपाल







Facebook Comment