विश्वको कूल सैन्य खर्च २० खर्ब डलर, यी हुन् बढी खर्च गर्ने पाँच देश
किभ। गत वर्ष विश्वको सैन्य खर्च २११३ अर्ब डलर पुगेको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट, एसआइपीआरआई (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानाकारी दिएको हो।
अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन्। सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो । अमेरिका, चीन, भारत, बेलायत र रुसले कूल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको छ।
‘कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड तहमा पुगेको छ’, सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले भने।
सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कम हो। तर, सन् २०१२ र २०२१ बीचमा यसको सैन्य अनुसन्धान र विकास २४ प्रतिशतले बढेको कारण अमेरिकाले ‘भावी पुस्ताको प्रविधि’ मा जोड दिएको छ।
हाल युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएर ६५.९ अर्ब डलर पुर्याएको थियो। सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment