भारत सबैभन्दा धेरै वार्षिक सैन्य खर्च गर्ने देशमा बेलायत र रूसभन्दा अगाडि
काठमाडौं । विश्व सैन्य खर्चले पहिलो पटक दुई ट्रिलियन डलर नाघेको छ। यो जानकारी सिप्री अर्थात् स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले आफ्नो प्रतिवेदनमा दिएको हो ।
सन् २०२१ मा सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गर्ने पाँच देश अमेरिका, चीन, भारत, बेलायत र रुस हुन् । सिप्रीका अनुसार यी पाँच देशको सैन्य क्षेत्रमा खर्च सम्पूर्ण विश्वको खर्चको ६२ प्रतिशत थियो ।
सिप्रीको रिपोर्ट अनुसार सन् २०२१ मा भारतको सैन्य खर्च ७६.६ बिलियन डलर थियो । सन् २०२० को तुलनामा ०.९ प्रतिशतले वृद्धि भएको थियो भने २०१२ को तुलनामा सैन्य खर्च ३३ प्रतिशतले वृद्धि भएको थियो। प्रतिवेदनका अनुसार भारतको सैन्य बजेटको ६४ प्रतिशत घरेलु हतियार उद्योगलाई बलियो बनाउन स्वदेशमा निर्मित हतियार खरिदमा खर्च गरिएको थियो ।
सिप्रीका अनुसार अमेरिकाले २०२१ मा ८०१ बिलियन डलर खर्च गरेको छ । सन् २०२० को तुलनामा अमेरिकाको सैन्य खर्च १.४ प्रतिशतले घटेको छ । सन् २०२१ मा अमेरिकाले आफ्नो सैन्य खर्चको २४ प्रतिशत सैन्य अनुसन्धान र विकासमा खर्च गरेको थियो।
चीनको बारेमा, यो प्रतिवेदनमा भनिएको छ कि उसले २०२१ मा आफ्नो सैन्य बजेट 4.7% ले बढाएको छ। सिप्रीका अनुसार चीनको सैन्य खर्च २७ वर्षदेखि लगातार बढिरहेको छ । २०२१ मा चीनको सैन्य खर्च २९३ बिलियन डलर थियो ।
रिपोर्टका अनुसार युक्रेनसँगको सम्भावित युद्धलाई ध्यानमा राख्दै रुसले २०२१ मा आफ्नो सैन्य खर्च पनि बढाएको छ । सन् २०२० को तुलनामा रुसले आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएको छ । २०२१ मा रूसको सूल सैन्य खर्च ६५.९ बिलियन डलर थियो ।







डिसी नेपाल







Facebook Comment