भारतले चीनका नागरिकलाई पर्यटक भिसा नदिने अडान लियो
काठमाडौं । भारतीय विदेश मन्त्रालयले चीनका नागरिकको लागि पर्यटक भिसा जारी गर्ने काम सुचारु गर्ने उपयुक्त समय नआएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनको सांघाई जस्ता सहरमा कोरोना संक्रमणको अवस्थाबारे भारत सचेत रहेको बताए ।
पत्रकार सम्मेलनमा उनले भने–‘चीनले नै हामीलाई भिसा दिएको छैन । उनीहरूले सन् २०२० देखि भारतलाई भिसा दिन प्रतिबन्ध लगाएका छन् । चीनका लागि पर्यटक भिसा जारी गर्ने विषयमा छलफल गर्ने यो उपयुक्त समय होइन। चीनको सांघाई सहरमा विगतमा कोरोना संक्रमणका घटनामा उल्लेख्य वृद्धि भएको थियो । अहिले पनि कडा बन्दाबन्दी छ ।’
भारतमा पनि केही दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । राजधानी दिल्लीमा पनि संक्रमण तीव्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।







डिसी नेपाल







Facebook Comment