अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ, रुसमाथि आक्रमण होइन : जो बाइडेन

डिसी नेपाल
१६ वैशाख २०७९ ११:००
212
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसमाथि हमला नगरेको बरु युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको बताएका छन् ।

बाइडेनले भने, ‘पुटिनले यो क्रूर आक्रमण सुरु गर्ने विकल्प रोजेका थिए, उनले यसलाई अन्त्य गर्ने वोकल्प पनि रोज्न सक्छन्। रुस आक्रमणकारी हो र यसका लागि विश्वले रुसलाई जवाफदेही बनाउनुपर्छ ।’

अमेरिकाले युक्रेनलाई सहयोग गर्नु सस्तो नभए पनि युक्रेनको साथमा उभिने बताएको छ ।

जो बाइडेनले युक्रेनलाई थप सहयोग गर्ने आफ्नो योजनाको रूपरेखा प्रस्तुत गर्दैछन्। उनले आगामी पाँच महिनाको लागि युक्रेनलाई सहयोग गर्न कांग्रेससँग ३३ बिलियन डलर सैन्य, आर्थिक र मानवीय सहायता माग्ने बताएका छन् ।

प्याकेजमा २० अर्ब डलरभन्दा बढी सैन्य सहायता, ८.५ अर्ब डलर आर्थिक सहायता र ३ अर्ब डलर मानवीय सहायता समावेश छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *