बिटक्वाइनलाई मुद्राको रूपमा अपनाउने दोस्रो देश बन्यो अफ्रिका
एजेन्सी। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न सरकारले रोक लगाएको छ। तर, अफ्रिकाको एक देशले क्रिप्टोकरेन्सी बिटक्वाइनलाई आफ्नो आधिकारिक मुद्रा बनाएको छ । यस्तो गर्ने यो विश्वको दोस्रो र अफ्रिकामा पहिलो देश हो।
बिटक्वाइनलाई आफ्नो आधिकारिक मुद्रा बनाउने संसारमा एल साल्भाडोर पहिलो थियो। अब अफ्रिकाको एउटा देश पनि यो लाइनमा सामेल भएको छ। हो, हामी सेन्ट्रल अफ्रिकन रिपब्लिक नामक देशको बारेमा कुरा गर्दैछौं, जुन अफ्रिकामा बिटकोइनलाई मुद्राको रूपमा अपनाउने पहिलो देश बनेको छ।
रोयटर्सको समाचार अनुसार यहाँको सरकारले बुधबार बिटक्वाइनलाई आधिकारिक मुद्राको रूपमा अपनाउन अनुमोदन गरेको छ । सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सुन र हीरा जस्ता खानी भए पनि यो देशलाई विश्वका गरिब देशहरूमा गनिन्छ।
क्रिप्टोकरेन्सीलाई मुद्राको रुपमा स्वीकार गर्न यहाँको संसदमा गत साता विधेयक पेश भएको थियो, जुन सर्वसम्मतिले पारित भएको थियो । सेन्ट्रल अफ्रिकन रिपब्लिकका राष्ट्रपति फास्टिन-आर्चेन्ज टौडेराका चीफ अफ स्टाफ ओबेद नामासियोले एक विज्ञप्ति जारी गर्दै भने, ‘राष्ट्रपतिले यस विधेयकलाई समर्थन गर्नुहुन्छ र यो कदमले देशका नागरिकहरूको जीवनस्तर सुधार्न मद्दत गर्नेछ। यो एक निर्णायक कदम हो जसले सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि नयाँ अवसरहरू खोल्नेछ।’







डिसी नेपाल







Facebook Comment