झुटो बोलेर टाट पल्टिएको आरोपमा चर्चित टेनिस खेलाडीलाई साढे दुई वर्षको जेल सजाय
काठमाडौं । सबैभन्दा ठूला टेनिस खेलाडीमध्येका एक जर्मनीका बोरिस बेकरलाई बेलायतको अदालतले झुटो बोलेर आफूलाई टाट पल्टिएको घोषित गराएको मुद्दामा साढे दुई वर्षको जेल सजाय सुनाएको छ ।
एक निर्णायक मण्डलले बेलायतको टाट पल्टिने कानून अन्तर्गत उनी विरुद्ध चारवटा आरोप सत्य भएको पाएको छ।
बोरिस बेकरले आफ्ना ऋणदाताहरूलाई करिब ५० मिलियन पाउण्डको ऋण तिर्नबाट बच्न २०१७ मा आफूलाई टाट पल्टिएको घोषित गरेको आरोप लगाइएको थियो। तर उनले आफ्नो करिब २५ लाख पाउण्डको सम्पत्ति लुकाएका थिए ।
विम्बल्डन लगायत टेनिसमा ६ पटकको ग्रान्ड स्लाम विजेता बेकरले यसअघि आफूले कुनै पनि कानुन नतोडेको दाबी गरेका थिए। तर धेरै कुरा बाहिर आएपछि उनीविरुद्ध बेलायतको दिवालिया कानून अन्तर्गत मुद्दा दर्ता गरियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment