काबुलको मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु – मस्जिद प्रमुख

डिसी नेपाल
१७ वैशाख २०७९ ११:२८
52
Shares

काठमाडौं । काबुलको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली बम विस्फोटमा ५० जनाभन्दा बढीको मृत्यु भएको दाबी गरिएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा अफगानिस्तानमा कैयौँ विस्फोट भएका छन् र त्यसमा अहिलेसम्म दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार दिउँसो विस्फोट भएको हो । यो मस्जिद राजधानी काबुलको पश्चिममा अवस्थित छ। खलिफा साहिब मस्जिदमा विस्फोट हुँदा सयौं मानिस प्रार्थनाका लागि भेला भएका थिए।

बीबीसी पर्शियन सर्भिसका जिया शहरयारले ट्वीट गर्दै काबुलको यो मस्जिदका प्रमुखले शुक्रबार दिउँसो नमाजपछि भएको बम विष्फोटमा कम्तिमा ५० जनाको ज्यान गएको जानकारी दिएका छन् । तर, तालिबान अधिकारीहरूले भने मारिनेको संख्या निकै कम रहेको बताएका छन् ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता बसमुल्लाह हबिबका अनुसार आक्रमणमा १० जनाको मृत्यु भएको छ ।

मस्जिदका प्रमुखका अनुसार यो आत्मघाती हमला भएको देखिन्छ । आक्रमणकारी नमाज पढ्नेहरूका बीचमा लुकेका थिए र यो हमला प्रार्थना पछि भएको थियो।

गत हप्ता कुन्दुज प्रान्तमा यस्तै विस्फोटमा बालबालिकासहित ३३ जनाको मृत्यु भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *