के साउदी अरेबिया र इरानबीचको दुश्मनी अब अन्त्य हुँदैछ ?
काठमाडौं । इराकी प्रधानमन्त्री मुस्तफा अल कादेमीले एक अन्तर्वार्तामा साउदी अरेबिया र इरानबीचको वर्षौंदेखिको दुश्मनी अब अन्त्य हुन लागेको दाबी गरेका छन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार मुस्तफा अल कादेमीको यो अन्तर्वार्ता शनिबार प्रकाशित भएको हो । इराक यी दुई देशको छिमेकी हो।
एक वर्षभन्दा बढी समयदेखि इराकले दुई देशबीच पाँच चरणको वार्ता आयोजना गरेको छ। बगदादमा भएको पछिल्लो चरणको वार्तापछि इराकी अधिकारीहरूले आशा जगाएको बताएका छन् ।
इरान र साउदी अरेबिया विभिन्न द्वन्द्व क्षेत्रहरूमा एकअर्काको विपरीत देखिन्छन्, जस्तै यमनमा हुथी विद्रोहीहरूलाई तेहरानको समर्थन छ, जबकि रियाद त्यहाँको सरकारको समर्थनमा छ।
२०१६ मा जब साउदी अरेबियाले एक शिया धर्मगुरुलाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसबेला इरानी प्रदर्शनकारीहरूले इरानमा रहेको साउदी कूटनीतिक नियोगमा आक्रमण गरेका थिए। त्यसपछि रियादले तेहरानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment