युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

डिसी नेपाल
२० वैशाख २०७९ ९:०४
192
Shares

जेनोभा। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ। युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ। युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ।

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ। रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि “विशेष कारबाही“ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन्।

युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता विनानिस्कर्ष टुंगिएका छन्। युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनु पर्ने बताउँदै आएको छ। रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साताअघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको संकेत गरेका थिए।

युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *