के पुटिन क्यान्सरको शल्यक्रिया गर्दैछन् ?

डिसी नेपाल
२० वैशाख २०७९ ९:४२
392
Shares

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले दाबी गरेको छ।

चिकित्सकहरूले पुटिनलाई शल्यक्रिया गर्नुपर्ने बताएको रूसी पूर्वविदेशी गुप्तचर सेवाका लेफ्टिनेन्ट जनरलद्वारा सञ्चालित टेलिग्राम च्यानललाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ।

अपेक्षित शल्यक्रिया र ‘रिकभरी’ले पुटिनलाई ‘थोरै समयका लागि’ निस्कृय पार्ने प्राप्त विवरणहरूमा जनाइएको छ।

पछिल्ला दिनमा राष्ट्रपति पुटिनको ‘बिरामी उपस्थिति र सार्वजनिक रूपमा उदासीन व्यवहार’ लाई सन्र्दभ जोड्दै सो पत्रिकाले पुटिनलाई क्यान्सर र पार्किन्सन रोगसहित अन्य गम्भीर समस्या भएको अफवाह फैलाएको छ।

यद्यपि, एक अमेरिकी अधिकारीले मडियामा सार्वजनिक भएका रिपोर्टहरूलाई पुष्टि गर्न नसकिने बताएका छन्  अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘मैले त्यसलाई पुष्टि गर्न सहयोग गर्ने कुनै पनि कुरा देखेको छैन। ’

केही दिनअघि पुटिनले निकोलाई पात्रुसेभसँग दुई घण्टाको ‘हार्ट टु हार्ट’ कुराकानी गरेको टेलिग्राम पोस्टलाई उद्धृत गर्दै न्युयोर्क पोस्टको जनाएको थियो। ‘पुटिनले पात्रुसेभलाई संकेत गरेका थिए कि उनी व्यावहारिक रूपमा आफ्नो एकमात्र भरपर्दो सहयोगी र सरकारका सारथी हुन्’, पोस्टले दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *