साउदी अरेबिया र अमेरिकाको सम्बन्धमा तनाव बढ्यो, साउदी शाही परिवार आक्रोशित
5931116 28.06.2019 Saudi Arabia's Crown Prince Mohammed bin Salman attends a session during the Group of 20 (G20) summit in Osaka, Japan. Mikhail Klimentyev / Sputnik via AP
काठमाडौं । साउदी अरेबियाले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ । साउदी अरेबियाको शाही परिवारका सदस्य प्रिन्स टर्की अल-फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएको रोयटर्स समाचार एजेन्सीले रिपोर्ट गरेको छ। राजकुमार टर्की पूर्व गुप्तचर प्रमुख थिए।
जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो । खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए । यमन युद्धका कारण यी दुईबीचको सम्बन्ध पनि बिग्रँदै गएको छ । साउदी नेतृत्वको गठबन्धनले सात वर्षदेखि हुथी विद्रोहीसँग लड्दै आएको छ। पछिल्लो समय साउदी अरब रुसतर्फ झुकेको देखिन्छ ।
युक्रेनमाथि हमला गरेपछि अमेरिका, युरोपेली संघ र अन्य देशले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाएर रूसलाई विश्वकै सबैभन्दा बढी प्रतिबन्ध लगाइएका देशहरूमध्ये एक बनाए पनि संयुक्त अरब इमिरेट्सले रुसमाथि अहिलेसम्म कुनै प्रतिबन्ध लगाएको छैन ।







डिसी नेपाल







Facebook Comment