राहुल गान्धी नेपाल आउँदा बीजेपीले बखेडा गरेपछि कांग्रेसले दियो कडा जवाफ
काठमाडौं । भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी यतिबेला नेपाल भ्रमणमा छन् । यको एक नाइट क्लवको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनको छेउमा एक महिला छिन् । भारतको सत्ताधारी पार्टी बीजेपीका नेताहरूले यसलाई विवादित बनाएका छन् । उनीहरूले यी महिला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी भएको दावी गर्दै बबाल गरेका छन् ।
बीजेपी नेताहरूले बबाल गर्न थालेपछि कांग्रेस आइका प्रवक्ताले यसको कडा जवाफ दिएका छन् । प्रवक्ता रणदीप सुरजेवालाले भनेका छन् ‘राहुल गान्धी मित्र राष्ट्र नेपालमा एक साथीको विवाहमा गएका थिए, जो एक पत्रकार पनि हुन्। साथीभाइ र परिवार हुनु, विवाहमा जानु पनि हाम्रो संस्कृतिको हिस्सा हो।’
उनले अगाडि भनेका छन् ‘यो देशमा बिहे गर्नु अपराध होइन । हुनसक्छ आज पछि भाजपाले निर्णय गर्नेछ कि विवाहमा उपस्थित हुनु पनि गैरकानुनी हो र साथी बनाउनु अपराध हो। तर मलाई भन्नुहोस् कि हामी हाम्रा साथीहरू र परिवारका सदस्यहरूको विवाहमा जाने चलन परिवर्तन गर्न सक्छौं ?’
राहुल गान्धी वास्तवमा सीएनएनकी पूर्व पत्रकार सुम्निमा उदासको विवाहमा सहभागी हुन काठमाडौं आएका हुन् । उनी म्यानमारका लागि नेपाली राजदूत रहिसकेका भीम उदासकी छोरी हुन् । यो उनको व्यक्तिगत भ्रमण हो । उनीहरुको रिसेप्सन समारोह बिहीबार हयात रिजेन्सी होटल बौद्धमा हुने भएको छ ।







डिसी नेपाल







Facebook Comment