रुसले युक्रेनका तीन क्षेत्रलाई हडपेर आफ्नो देशमा मिलाउँदै
काठमाडौं । एक वरिष्ठ अमेरिकी सरकारी अधिकारीले सोमबार रसियाले किभमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सरकारलाई सत्ताबाट हटाउन असफल भएपछि पूर्वी युक्रेनको दुई क्षेत्र “हडप्ने” योजनामा काम गरिरहेको आरोप लगाएका छन् ।
युरोपमा सुरक्षा र सहयोग संगठनका लागि अमेरिकी राजदूत माइकल कारपेन्टरले भने, “भर्खरैका रिपोर्टहरू अनुसार, हामी विश्वास गर्छौं कि रसियाले डोनेट्स्क जन गणतन्त्र र लुगान्स्क जन गणतन्त्रलाई आफैंमा गाभ्ने प्रयास गर्नेछ। रिपोर्टमा रुसले मे १५ मा जनमत संग्रह गराउने योजना बनाएको भनिएको छ ।’
माइकल कारपेन्टरले रुसले युक्रेनको तेस्रो क्षेत्र खेरसनका लागि यस्तै योजना बनाएको अमेरिकाले विश्वास गरेको बताए । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुसले हालैका दिनहरूमा खेरसनमा आफ्नो पकड बलियो बनाएको छ र त्यहाँका मानिसहरूलाई रुबल मुद्रा अपनाउन बाध्य पारेको छ।
माइकल कारपेन्टरले भने, “हामीलाई विश्वास छ कि यी रिपोर्टहरू अत्यन्तै भरपर्दो छन्। दुर्भाग्यवश, हामी भविष्यमा के हुने छ भन्ने हाम्रो मूल्याङ्कनमा गलत भन्दा सही साबित भइरहेका छौं ।”
२०१४ मा रूसले युक्रेनको क्रिमिया प्रायद्वीपलाई विलय गर्ने घोषणा गर्यो। तर वरपरका रुसी भाषा बोल्ने क्षेत्रमा त्यसो गरेन। यस हमलामा रुसले सोही जनताको मुद्दा उठाइरहेको छ । माइकल कारपेन्टरले भने, “यस्ता जनमत संग्रह र बोगस भोटलाई वैध मानिने छैन।”







डिसी नेपाल







Facebook Comment