बिरामी वृद्धलाई मृत ठानेर अन्तिम संस्कारको लागि प्याक गरियो, चार अधिकारीहरू बर्खास्त
काठमाडौं । सांघाई केयर होममा एक वृद्ध बिरामीलाई मृत ठानिएको र उनको शरीरलाई प्याक गरेर गाडीमा हालिएको भिडियो सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्राधिकरणले चार अधिकारीलाई जागिरबाट बर्खास्त गरेको छ।
आइतबार इन्टरनेटमा एउटा भिडियो सार्वजनिक भएको थियो जसमा शवगृहमा काम गर्ने दुईजना व्यक्तिले शरीरलाई गाडीमा राखेको देखिन्छ। भिडियोमा कर्मचारीहरु झोला खोल्दै देखिएका छन्, उनीहरुले विरामी अझै जिउँदै छ भन्दै गरेको सुन्न सकिन्छ ।
यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा आक्रोश मच्चाएको छ । सांघाई जिल्लाको पुटुओ सहरका अधिकारीहरूले सोमबार ढिलो घटनाको पुष्टि गर्दै बिरामीलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको बताए।
जिल्ला अधिकारीहरुले पाँच जना अधिकारी र एक डाक्टरको जाँच भइरहेको बताएका छन् । स्थानीय नागरिक मामिला ब्यूरोका उपनिर्देशक र केयर होमका निर्देशकसहित चारजना कर्मचारीलाई बर्खास्त गरिएको छ । टियान नामका डाक्टरको मेडिकल लाइसेन्स खारेज गरिएको छ ।







डिसी नेपाल







Facebook Comment