पुटिनले युक्रेनमा ‘औपचारिक युद्ध’ घोषणा गर्न सक्ने, अहिलेसम्म ‘विशेष अपरेशन’ भनेका छन्
काठमाडौं । रुस–युक्रेन युद्ध भएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर, रुसले अहिलेसम्म यसलाई विशेष अपरेशन भन्दै आएको छ । अब रुसले मे ९ मा युक्रेनविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गर्न सक्ने अमेरिकी अधिकारीहरूको विश्वास छ।
रसियाले हरेक वर्ष मे ९ लाई विजय दिवसको रुपमा मनाउने गर्दछ । सन् १९४५ को यही दिन दोस्रो विश्वयुद्धमा रुसले हिटलरको नाजी सेनालाई पराजित गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य सफलता हासिल गर्न यस दिन युद्धको घोषणा गर्न सक्छन्।
अर्कोतर्फ युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी विदेशमन्त्रीलाई दोस्रो विश्वयुद्धका सबै पाठ बिर्सिएको बताएका छन् । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले जेलेन्स्कीलाई विगतमा जर्मन तानाशाह एडोल्फ हिटलरसँग तुलना गरेका थिए ।
लाभरोभले हिटलर र जेलेन्स्की दुवै नाजी र दुवैमा यहूदीहरूको रगत भएको बताए। यो भनाइप्रति इजरायलले पनि असन्तुष्टि व्यक्त गरेको छ । इजरायली विदेशमन्त्रीले उक्त भनाइलाई ‘लज्जास्पद र ऐतिहासिक गल्ती’ भनेका छन् ।







डिसी नेपाल







Facebook Comment