पाकिस्तानका पूर्वमन्त्रीको विग लुछ्नेलाई ५० हजार दिने प्रधानमन्त्रीका सल्लाहकारको घोषणा

डिसी नेपाल
२० वैशाख २०७९ १६:५५
156
Shares

काठमाडौं । पाकिस्तानमा सरकार परिवर्तन भयो तर राजनीतिक बयानबाजी रोकिएको छैन। अहिले नयाँ प्रधानमन्त्री शहबाज सरिफका सल्लाहकारको एउटा अनौठो बयान चर्चामा छ । शाहबाजका विशेष सहायक हनिफ अब्बासीले पाकिस्तानका पूर्व मन्त्री शेख राशिदको विग (नक्कली कपाल) लुछ्ने जो कोहीलाई ५० हजार पाकिस्तानी रुपैयाँ पुरस्कार दिने बताएका छन् ।

जानकारीका अनुसार पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेता हनिफ अब्बासीले रावलपिंडीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो कुरा भनेका हुन् । साउदी अरबमा शाहबाज शरीफको प्रतिनिधिमण्डलको अपमानको पछाडि पूर्व प्रधानमन्त्री इमरान खान, शेख राशिद र उनका भतिजाको हात रहेको उनले बताए ।

साउदीको मदिनाको एक मस्जिद (मस्जिद-ए-नबवी) मा शाहबाज शरीफको प्रतिनिधिमण्डलको अगाडि चोर-चोरको नारा लगाइएको थियो। यसको भिडियो भाइरल भएको थियो । भिडियोमा सूचना मन्त्री मरियम औरंगजेब र राष्ट्रिय सभा सदस्य शाहजैन बुग्ती उक्त प्रतिनिधिमण्डलको हिस्सा रहेको देखियो।

प्रधानमन्त्रीका विशेष सहायकले शेख रशिद जहाँ पनि चुनाव लड्छन् त्यहीँ उनीसँग लड्ने बताए । उनले इमरान खानको पार्टी पीटीआईले मरियम औरंगजेब र शाहजैन बुग्तीको अगाडि चोर-चोरको नारा लगाएर मस्जिद-ए-ननवीलाई अपवित्र गरेको आरोप लगाए।

अर्कोतर्फ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको समस्या पनि बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार इमरान खानलाई जुनसुकै बेला पक्राउ गर्न सकिन्छ । प्रधानमन्त्री शाहबाज शरीफ विरुद्ध नाराबाजी गरेको मामिलामा इमरान खानसहित १५० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सत्तारुढ पार्टी पीएमएल-एनका समर्थकहरूले मदिनामा जे भए पनि इमरान खानको पार्टीको निर्देशनमा भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *