अब ट्विटर चलाउन पैसा तिर्नुपर्ने एलन मस्कको घोषणा

डिसी नेपाल
२१ वैशाख २०७९ ११:१२

काठमाडौं । अहिलेसम्म मानिसहरूले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्दैनन्। तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ।

यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर आफैले किनेका एलन मस्कले दिएका हुन् ।

उनले ट्वीटरमै भनेका छन्, “ट्विटर सधैं सामान्य प्रयोगकर्ताहरूका लागि निःशुल्क हुनेछ तर त्यहाँ व्यावसायिक/सरकारी प्रयोगको लागि केही लागत हुन सक्छ।”

यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ ।

एलन मस्कले ट्विटरमा परिवर्तनको बारेमा पहिले नै संकेत गरिसकेका छन्। उनले ट्विटरमा सम्पादन बटन दिएको पनि बताए । उनले ट्विटरको व्यवस्थापन पनि परिवर्तन गर्न सक्नेछन् ।

एलन मस्क लामो समयदेखि ट्विटर किन्ने प्रयासमा थिए, तर उनको कुरा बन्न सकेको थिएन।

केही विवादपछि २५ अप्रिलमा एलन मस्क र ट्विटरबीच सम्झौता भयो र उनले ट्विटर किनेका थिए । उनले ४४ बिलियन डलरमा ट्विटर किनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *