जुम्लामा पहिरोमा पुरिएर दुई जना बालकको मृत्यु
जुम्ला। तिला गाउँपालिका–२ डुडेलीमा सुख्खा पहिरो आउँदा पुरिएर २ जनाको मृत्यु भएको छ। रण बहादुर बोहोराको घरको जग उठाउँदै गरेको अवस्थामा बुधबार माथिबाट सुख्खा पहिरो आउँदा पुरिएर उनीहरुको मृत्यु भएको हो।
पहिरोमा पुरिएर उक्त स्थानमा खेलिरहेका रण बहादुर बोहोराको छोरा ३ वर्षीय शिशिर बोहोरा र सोही ठाउँ बस्ने दल बहादुर रावतको छोरा ३ वर्षीय हिमेश रावतको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा दुई जना बालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रारालिहि र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उद्धारका क्रममा उनीहरूको शव फेला पारेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment