बढ्यो क्रिकेट खेलाडीको पारिश्रमिक

डिसी नेपाल
११ जेठ २०७९ १३:०४
304
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ। क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको पारिश्रमिकमा १० हजार वृद्धि गर्ने जनाएको छ।

क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका ‘ए’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक ६० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीको ५० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको ४० हजार रुपैयाँ पुगेको छ।

यसअघि ‘ए’ ग्रेडका खेलाडीको ५० हजार, ‘बी’ ग्रेडका खेलाडीको ४० हजार र ‘सी’ ग्रेडका खेलाडीको ३० हजार रुपैयाँ पारिश्रमिक थियो।

यस्तै, क्यानले महिला खेलाडीको पारिश्रमिक पनि वृद्धि गर्ने निर्णय गरेको छ। क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीको पाँच हजार र ‘बी’ र ‘ए’ ग्रेडका खेलाडीको पारिश्रमिक समान ६ हजार रुपैयाँले बढाएको छ।

यसअघि ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीको पारिश्रमिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीको पारिश्रमिक १२ हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक १० हजार रुपैयाँ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *