९८ प्रकारका औषधी निशु:ल्क

डिसी नेपाल
१५ जेठ २०७९ १७:३५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९\८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने व्यबस्था गरेको छु,’ मन्त्री शर्माले भने ।

यस्तै, मृर्गौला प्रत्यारोपण गरेका तथा डाइलोसिस गराइरहेका व्यक्तिहरु, सबै प्रकारका क्यान्सर रोग निधान भएका व्यक्तिहरु, मेरुदण्ड, पक्षघात भएका विरामीलाई औषधी खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन एक अर्ब ५० करोड रुपैयाँ छुट्टयाएको उनले जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *