दोलखामा फिल्म सिटी, काभ्रेमा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरिने
काठमाडौं । दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ ।
आइतबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले दोलखामा फिल्म सिटी र काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको गरिएको जानकारी दिएका हुन्
दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्ने तथा काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो बनाइने बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment