अमेरिकाले युक्रेनलाई लामो दूरीको रकेट दिने खबरको बाइडेनले खण्डन गरे

डिसी नेपाल
१७ जेठ २०७९ ९:१९

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीका रकेट उपलब्ध गराउने योजना बनाएको समाचारलाई अस्वीकार गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । “हामी युक्रेनलाई रुसमाथि आक्रमण गर्न रकेट प्रणाली दिने छैनौं,” उनले भने।

यसअघि अमेरिकाले युक्रेनलाई लामो दुरीको रकेट प्रणाली दिनेबारे विचार गरिरहेको समाचार आएको थियो । बाइडेनको यो भनाइलाई रुसको सुरक्षा परिषद्का उपप्रमुख तथा देशका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले स्वागत गरेका छन् ।

यो सही निर्णय हो, नत्र हाम्रा सहरमा हमला भएको भए आफ्नो सेनाले धम्की पछ्याउने गरेको उनले बताए ।

रुसले यसअघि आफ्ना शहरहरूमा आक्रमण भएमा त्यस्ता आपराधिक निर्णय भएको ठाउँमा आक्रमण गर्ने धम्की दिएको थियो। मेदवेदेवले त्यो बिन्दुलाई स्पष्ट गर्दै भने, “तिनीहरूमध्ये धेरै किभमा छैनन् र थप स्पष्टीकरणको आवश्यकता छैन।”

तर, अमेरिकाको यो निर्णयले लामो दूरीको रकेटको माग गर्दै आएको युक्रेनलाई निराश बनाउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *