अमेरिकाले युक्रेनलाई लामो दूरीको रकेट दिने खबरको बाइडेनले खण्डन गरे
US President Joe Biden answers a question as he speaks about the November Jobs Report from the State Dining Room of the White House in Washington, DC, on December 3, 2021. - Biden said Friday that the United States' employment recovery was "very strong," despite disappointing November job creation data. "America is back to work and our jobs recovery is going very strong. Today's historic drop in unemployment rate includes dramatic improvements for workers who have often seen... higher levels of unemployment," he said. (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP) (Photo by ANDREW CABALLERO-REYNOLDS/AFP via Getty Images)
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीका रकेट उपलब्ध गराउने योजना बनाएको समाचारलाई अस्वीकार गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । “हामी युक्रेनलाई रुसमाथि आक्रमण गर्न रकेट प्रणाली दिने छैनौं,” उनले भने।
यसअघि अमेरिकाले युक्रेनलाई लामो दुरीको रकेट प्रणाली दिनेबारे विचार गरिरहेको समाचार आएको थियो । बाइडेनको यो भनाइलाई रुसको सुरक्षा परिषद्का उपप्रमुख तथा देशका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले स्वागत गरेका छन् ।
यो सही निर्णय हो, नत्र हाम्रा सहरमा हमला भएको भए आफ्नो सेनाले धम्की पछ्याउने गरेको उनले बताए ।
रुसले यसअघि आफ्ना शहरहरूमा आक्रमण भएमा त्यस्ता आपराधिक निर्णय भएको ठाउँमा आक्रमण गर्ने धम्की दिएको थियो। मेदवेदेवले त्यो बिन्दुलाई स्पष्ट गर्दै भने, “तिनीहरूमध्ये धेरै किभमा छैनन् र थप स्पष्टीकरणको आवश्यकता छैन।”
तर, अमेरिकाको यो निर्णयले लामो दूरीको रकेटको माग गर्दै आएको युक्रेनलाई निराश बनाउने छ ।







डिसी नेपाल







Facebook Comment