त्रियुगाका नगर प्रमुख बस्नेत र उपप्रमुख राईले गरे पदभार ग्रहण

उदयपुर । त्रियुगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पदभार ग्रहण गरेका छन् ।
बस्नेत र राईले सपथसँगै पदभार ग्रहण गरेका हुन् । बस्नेतले उपप्रमुख तथा वडाअध्यक्षहरुलाई सपथ खुवाएर पदभार ग्रहण गरेका हुन् । बस्नेतले बुधबार त्रियुगा नगरपालिकाको कार्यकक्षमा पदभार ग्रहण गरे ।
उपप्रमुखले राईले पनि सपथ पश्चात पदभार ग्रहण गरिन् । उनीहरु दुवैले त्रियुगा नगरपालिकाको आ–आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment