माधव नेपाल भन्छन्- प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ
सुर्खेत। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन्।
बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन्।
नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे। अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे।
उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए। ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment