क्याफेमा साकेला, रमितेको भिड
ललितपुर। खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो। क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेकाे भिड उत्तिकै थिए। यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो। वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेकाे छ।
साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘गाउँघरमा नाचिने यो नाचनै हराउने चिन्ता भो। शहरमा आएर सबैले बिर्सेलान् भनेर सुरु गरेको हाे।’
राईले साकेला भिलेजमा १० वर्षदेखि साकेला नाच आयोजना गर्दै आएका छन्। ‘पहिले साकेला नाच्नेहरु थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो। अहिले भिडले बस्ने ठाउँ हुँदैन।’ उनले भने। उनका अनुसार उभौली र उधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ। तर, व्यापारका लागि नगरेकाे साथीभाईसँगै रमाइलो गर्दै कला र सँस्कृति जोगाउन साकेला नाच सुरु गरेको हाे।
उभौली नचाउने मुखिया कुमार राई नवीन ०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउँछन् । उनका अनुसार ललितपुरको सानो हात्तीवनमा भूमिपूजा गरेपछि वैशाख पूर्णिमामा उधौली सुरु हुन्छ ।
०४७ सालतिर ललितपुरको हात्तीवन र नखिपोट र काठमाडौंको शन्तिनगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ । राई भन्छन्,‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ। हामी भूमिको पूजा गर्छौ ।’
साकेला नाच्नेमा वृद्धवृद्धभन्दा तन्नेरीहररू ज्यादा थिए । डम्फु बचाएर कम्मर कर्माउँदै नाच्ने युवायुवतीहरू किरात भेषभुसामा सझिएका थिए । महिलाहररु नाक, कान, कपाल र गला पहेँलोनै हुने गरेर गहना लगाएका थिए ।
फेरिन थाले गरगहना
साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउँछन् । उनका अनुसार पहिले पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान,घाँटी, कपाल र गलामा छपप्कै छोपिनेगरि सुनका गहना लागइन्यो ।
तर, पछिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुसालाई अंगाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्छन्, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment