पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

डिसी नेपाल
१९ जेठ २०७९ १५:२०
896
Shares

पोखरा।बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायधीश द्वय ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

हेर्नुहोस् भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *