तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
२२ जेठ २०७९ ११:११
48
Shares

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन्।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग १५ प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *