पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल
काठमाडौं। स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ।
आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४-० को सहज जित निकाल्यो।
पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे।
जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ। यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिनाअंक पुछारमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment