किवानिजको विश्वसम्मेलनमा नेपाललाई उत्कृष्ट सम्मान

डिसी नेपाल
२७ जेठ २०७९ १०:१३

वासिंगटन डिसी । अमेरिकाको इण्डियानामा जारी रहेको किवानिज इन्टरनेशनलको विश्व सम्मेलनमा नेपाललाई उत्कृष्ट अवार्ड दिइएको छ।

विश्वका वालवालिकाका लागि कार्यरत स्वयंसेवीहरुको विश्वव्यापी संस्था किवानिज् इन्टरनेशनलको मुख्यालय अमेरिकाको इण्डियानामा जारी सम्मेलनका क्रममा बुधवार नेपाललाई उत्कृष्ट अवार्ड दिइएको हो।

जुन ८ तारिकदेखि शुरु भएको सो सम्मेलनमा नेपाललाई दिइएको डिष्टिङ्गुइस किवानिज् डिष्ट्रिक अवार्ड नेपाल डिष्ट्रिक्टका पूर्व गभर्नर सुजनकुमार श्रेष्ठ र वर्तमान गभर्नर एकराज पन्तलाई हस्तान्तरण गरिएको थियो।

सो संस्थाका दुईवटा विश्व सम्मेलनहरु कोभिड १९ को प्रकोपका कारण हुन सकेको थिएन। महामारीले आक्रान्त भएको अवस्थामा पनि नेपालको किवानिज् क्लबले बालवालिकाका क्षेत्रमा अनवरत काम गरेको र संस्थाको सदस्यता बृद्धिको काममा पनि उत्कृष्ट रेकर्ड बनाएवापत सो सम्मान प्रदान गरिएको हो।

यो विश्वसम्मेलनमा १३ जना नेपाली प्रतिनिधिहरुको सहभागिता रहेको छ । विश्व सम्मेलनमा सहभागीरहेका मध्ये ३ जना नेपाली प्रतिनिधिहरुले छ हजार दुईसय अमेरिकी डलर किवानिज चिल्ड्रेन फण्डमा दान गरेको घोषणा पनि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *