मनसुन प्रतिकार्य कमान्ड टोली गठन

डिसी नेपाल
३० जेठ २०७९ १७:१४
32
Shares

काठमाडौं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३औं बैठकले यस वर्षको मनसुन कार्ययोजना स्वीकृत गरेको हो ।

बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमान्ड टोली’ गठन गरेको छ ।

टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जलस्रोत तथा सिंचाई विभागका प्रतिनिधिहरु रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *