काठमाडौंको बौद्धस्थित गेष्ट हाउसमा २४ वर्षीया महिलाको सामूहिक बलात्कार

डिसी नेपाल
३१ जेठ २०७९ १२:४५
4.6k
Shares

काठमाडौं। काठमाडौंमा २४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका–६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार चार जना पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *