२७ बर्षदेखि बेपत्ता किसान परियारको लमजुङ प्रहरीको पहलमा भारतबाट उद्धार

डिसी नेपाल
३१ जेठ २०७९ १८:५८

लमजुङ । लमजुङको राईनास नगरपालिका वडा ८ तार्कुघाट बस्ने बर्ष ४४ को किसान परियार २७ बर्ष अगाडी कामको शिलशिलामा भारत गई बेपत्ता भएका थिए ।

बेपत्ता भए पश्चात आफन्तहरुले आफ्नै तवरले खोजतलास गरेको भएता पनि खोजतलासको सम्बन्धमा प्रहरीमा भने उजुर गरेका थिएनन् ।

यस्तै क्रममा किसानको खोजी कार्यका लागि जेठ ९ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा प्राप्त भएको निवेदनको बिषयमा लमजुङ प्रहरीले खोजतलास कार्यलाई बिशेष चासो र प्राथमिकतामा राखी नेपाली राजदूतावास नयादिल्ली, प्रहरी प्रधान कार्यालय, मानब बेचबिखन तथा अनुसन्धान व्यूरो काठमाण्डौ, दिल्ली स्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रिय कार्यालय ललिपुर र परिवारसँगको आपसी सहयोग र समन्वयमा किसान परियार उत्तर प्रदेश जिल्ला मेहरमपुर गाउँबाट जेठ १८ गते उद्धार गरी नेपाल ल्याईएको छ ।

जिल्ला प्रहरी कार्यालय, लमजुङले निज किसान परियारलाई आफन्तको जिम्मा लगाएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए ।

२७ बर्षसम्म बेपत्ता भएका आफ्ना आफन्तलाई पाउँदा परिवारमा खुसियाली छाएको छ भने निज किसान परियार पनि आफन्तलाई भेट्दा अत्यन्त खुसी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *