त्रिभुवन विमानस्थलमा ब्यागेज जाँच गर्दा भेटियो गोली
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ स्थानबाट प्रहरीले एक राउण्ड गोली बरामद गरेको छ।
सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहको ब्यागमा मंगलबार साँझ गोली भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहको ह्याण्ड ब्यागेज एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment