प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

डिसी नेपाल
२ असार २०७९ ११:१६
44
Shares

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा ५.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गत आर्थिक वर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक वृद्धिदर कायम हुने अनुमान गरेका हुन्।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको असर क्रमश: न्यून हुन गएसँगै आर्थिक तथा सामाजिक गतिविधिहरु गतिशील बन्दै गएको उल्लेख गर्दै मन्त्री आङ्बोले आमनागरिकको जनजीवन सहज बन्दै गएका कारण आर्थिक वृद्धिदर हुने अनुमान गरेका हुन्।

‘उद्योग एवं व्यापार व्यवसायहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन्, आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, निर्माण क्षेत्रले क्रमश: गति लिँदै गएको छ भने ऊर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोका आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान छ,’ बजेटमा भनिएको छ, ‘चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन ७ खर्ब ६३ अर्ब रहने अनुमान छ, फलस्वरुप प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ४.३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा ५.४१ प्रतिशत पुग्ने अनुमान छ।’

मन्त्री आङ्बोले चालु आर्थिक वर्षसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको पनि स्मरण गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *