बालिका करणी आरोपमा जनप्रतिनिधि पक्राउ

डिसी नेपाल
३ असार २०७९ १०:०२
284
Shares

राेल्पा। एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन्। बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन्।

गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *