खोलाले बगाउँदा शिक्षिकाको मृत्यु
त्रिशुली।नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेकाे स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो । घटनास्थलभन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनीउक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत रहेकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment