तनहुँको साँगेखोलामा डुबेर युवकको मृत्यु

डिसी नेपाल
३ असार २०७९ २१:०२

तनहुँ। व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ ।

माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *